काठमाडौं,मंसिर २३ – १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पौडीबाज गौरिका सिंहले इतिहास रचेकी छिन् । उनले नेपालका लागि ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।
उनले सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण जितेकी हुन् । उनले १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । भारतीय खेलाडी शिवांगी शर्माले ५८.१५ सेकेन्डमा पुरा गरेकी थिइन् ।
FACEBOOK COMMENTS