काठमाडौं – चालू आर्थिक वर्षको पहिलो दुई महीनाको समयमा सङ्घीय सरकारले १ सय २० अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गतवर्षको भन्दा ३७ प्रतिशत वृद्धि हो ।
मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्रीले कर प्रणालीमा भएको सुधारले राजस्व सङ्कलन बढेको अर्थमन्त्रीले बताए ।
अर्थमन्त्री डा.युवराज खतिवडाले यस अवधिमा स्थानीय तथा प्रदेश सरकारहरु बीचमा करबारे प्रष्टता आएको भन्दै बजेट कार्यान्वयनका लागि चाहिने अधिकांश कार्यविधि समेत निर्माण भएको बताएका छन् ।
उनका अनुसार योगदानमा आधारित पेन्सन सम्बन्धी विधेयक, भुक्तानी सम्बन्धी विधेयक, बीमा सम्बन्धी विधेयक र सङ्घीय लेखा परीक्षण सम्बन्धी विधेयक छलफलका लागि संसदको समितिमा पुर्याइएको छ ।
अर्थमन्त्रीले दुई महीनाको समयमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च भएको बताए । जसमा ९६ अर्ब रुपैयाँ चालू खर्च र ९ अर्ब रुपैयाँ पूँजिगत खर्च रहेको छ ।
जसमध्ये चालू खर्च गत वर्षकोभन्दा कम र पूँजिगत खर्च गतवर्षकोभन्दा बढी रहेको छ ।
FACEBOOK COMMENTS