काठमाडौं, कात्तिक २ –स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालमा कार्यरत एकजना चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार आएको पीसीआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत एकजना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. निरन्जन पन्तले जानकारी दिए ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । शनिबारदेखि कात्तिक ४ गतेसम्मका लागि इमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. पन्तले जानकारी दिए ।
FACEBOOK COMMENTS