काठमाण्डौ, भदौ ७ – पर्सामा पछिल्लो पटक १४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको हटस्पट बनेको पर्सामा कोरोना संक्रमित लगातार बढिरहेका छन्। नारायणी अस्पताल वीरगन्जमा गरिएको पिसिआर परीक्षण्मा त्यहाँका चिकित्सक, थुनुवा, पत्रकार र मजदुरहरूलाई संक्रमण पुष्टि भएको हो।
नेशनल मेडिकल कलेजका तीन जना, भवानी अस्पतालका एक जना र तराई अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको छ। त्यस्तै नारायणी एफएमका पाँच जना पत्रकार र कर्मचारीलाई पनि कोरोना देखिएको छ। त्यस्तै हिमाल आइरन प्रालिमा काम गर्ने तीनजना र नेपाल फर्मास्युटिकल्सका उद्योगमा काम गर्ने नौ जना मजदुरलाई कोरोना पुष्टि भएको छ। अन्य संक्रमितको विस्तृत विवरण खुलिसकेको छैन।
पर्सागढी नगरपालिकामा ४ जना र विन्दावासिनी गाउँपालिकाका ९ जनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै अन्य पर्साका गाउँ र टोलमा कोरोना देखिएको छ। उता बाराका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको पनि नारायणी अस्पतालकै ल्याबमा गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।
FACEBOOK COMMENTS