काठमाडौं– शिक्षा तथा स्वास्थ्य समितिले बहुचर्चित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ।
बैठकले नेपाली कांग्रेसको विरोधका बीचमै विधेयक पारित गरेको हो।
विधेयक डा. गोविन्द केसीको सहमति विपरित भएको भन्दै कांग्रेसले विरोध गरेपछि बहुमत पुर्याउँदै विधेयक पारित गरेका हुन्।
समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरे।
विधेयक पास भएपछि नेकपाका नेता योगेश भट्टराईले डा गोविन्द केसीको पनि जीत भएको टिप्पणी गरेका छन्। उनले भने ‘यो विधेयकले डा केसीसँग भएका सम्झौता तोडमोड गर्यो कि भन्ने कतिपयलाई शंका लागेको छ, त्यस्तो होइन।’
उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो।
FACEBOOK COMMENTS