काठमाडौं, ९ फागुन – ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुपचितवनजिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनु पर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।
चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका छन् । ग्राहकवर्गको सेवातथासुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमायस किसिमकायोजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वितगर्दै आएको छ ।
बैंककानारायणगढ शाखाकाप्रबन्धकनारायण प्रसादपौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आमजनमानसमा सरल सेवाप्रदानगर्ने कुरा व्यक्तगर्नुभएको छ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७०शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम्ए क्सटेन्सन काउन्टर,२४५शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS