काठमाडौं, भदौ १४ – चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना छन् ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७२ नमुनामध्ये संक्रमण पुष्टि हुने अन्य जिल्लामा तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १÷१ जनागरी १४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा। नीतु अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी कोरोना संक्रमणका कारण नवलपुरका एक पुरुषको हिजो साँझ मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा भदौ ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहेका विनयी त्रिवेणी गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS