काठमाडौं, भदौ १८ — भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती महिला झाडापखाला, खोकी तथा छातीमा देखिएपछि भदौ ६ गते अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल हुँदै गएपछि भदौ १० गते कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको बुधबार राति १२ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।
FACEBOOK COMMENTS