![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – चिनिया टोलीसँग लुम्बिनीमा मोनोरेलको सम्भाव्यताबारे छलफल भएको छ ।
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसंग चाइना रेलवे इन्टरनेशनल गु्रपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको हो ।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताए ।
उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताए ।
– राजधानी
FACEBOOK COMMENTS