काठमाण्डौ– शशिकान्त अग्रवाल नेपाल चिनी उत्पादक संघका अध्यक्ष तथा नेपालको सबैभन्दा ठूलो एभरेष्ट चिनी मिलका संचालक हुन् ।
उनी यस्ता नाइके हुन जसले नेपालको चिनी बजारलाई आफ्नो कब्जामा परे र आम उपभोक्ताको महङ्गो तिर्न बाध्य बनाए ।
सरकारी कर्मचारी देखी प्रधानमन्त्रीलाई प्रभाबमा पारेर चार्ड पर्वको बेला बजार महङ्गो बनाउन सक्ने अग्रवाललाई हजारौं उखु किसानको पैसा भुक्तानी नगर्ने ठग उद्योगीको आरोप छ ।
हरेक वर्षको चार्डपर्वमा अत्याधिक महङ्गी बढ्ने गरेको थियो । सर्बसाधरणले यसपालिको केपी ओली सरकारले यो प्रवृति हटाउने आशा गरेका थिए ।
तर पहिलेका सरकार भन्दा पनि केपी ओली सरकार कालाबजारीया र माफियासंग मिली बजार अत्याधिक महङ्गो बनाउन लागि परेको सर्वसाधरणको गुनासोे छ ।
चार्ड पर्वको बेलामा अत्याधिक प्रयोग हुने चिनीमा सरकारले परिणत्मक बन्देज लगाएपछि चिनीको भाउ बढेको हो ।
स्वदेशी चिनी उद्योगलाई प्रवद्धन गर्ने नाममा विदेशबाट सस्तो मुल्यमा अबैधरुपमा भित्राएको चिनीलाई महंगोमा बेच्न यो चाल चालिएको हो ।
सप्तारुढ दलका सासंदलेनै सरकारको यो कदमको कडा विरोध गरेका छन् । सासंद लेखराज भट्टले चिनी प्रकरणमा अर्बौको भष्टचार भएको आरोप लगाए ।
त्यस्तै अन्य सांसदले पनि सरकारको कारण बजार महङ्गिएको प्रति आक्रोश पोखेका छन् । चिनी आयत रोक्दा ३ अर्ब भन्दा माथी भष्टचार भएको उनीहरुको दाबि छ ।
यसमा चिनी उद्योगी शशिकान्त अग्रवाल, राजस्व सचिव र प्रधान्मन्त्रीलाई प्रभावमा पार्ने ठुलै गिरोह रहेको बताईएको छ ।
शसीकान्त अग्रवाल त एउटा पात्रमात्र हुन । यदि कुनै उद्योगीले चाहेको भरमा प्रधानमन्त्रीलाई सोजै आफ्नो प्रभाबमा पार्न सक्छ भने जनताले प्रधानमन्त्री बाट समृद्धी र शुसासनको के आशा गर्ने ?
समाचार श्रोतका अनुसार अर्थ र वाणिज्यको विमति हुँदाहुदै के आई पर्यो प्रधामन्त्रिलाई ४÷५ व्यपारी पोस्ने निर्णय गर्ने ?
प्रधानमन्त्रिलाई कसले गर्यो स्कुलीङ एक वर्ष देखि उत्पादन नगरेका सुगर मिलले हाम्रो चिनी बिकेन भनेकै भरमाका कुरा पत्याए त प्रधानमन्त्रिले ?
नेकपाका नेता तथा सांसद ह्ऋदेश त्रिपाठिको सिधा भाषामा शशिकान्त अग्रवालले सरकार लाई चुनालगाए ।
६ अर्ब भ्याटको रकमफिर्ता लिन र विभिन्न वाहानामा किसानलाई अर्बौ रकम नतिरी विना ब्याज फोकटमा खानपल्केका अग्रवाल समुह चिनी माथि पहिला भन्सार बढाउन सफलभए पछी प्रतिबन्ध लागाएरै छाडे ।
बारम्बार साल्ट ट्रेडिङले नेपाली उद्योगको चिनी हामी किनी दिन्छौं भन्दा नबेच्ने अग्रवाल कै पछी किन लागे प्रधानमन्त्री सर्बसाधरणमा गम्भर प्रश्न उठेको छ ।
चिनी उद्योगीले अझै पनि उखु किसानको ३ अर्ब भन्दा बढी रकम भुक्तानी गरेका छैनन् ।
स्रोतकाअनुसार पुर्खौलिब्यवसाय गरेर बसिरहेका सशिकान्त अग्रवालकामा कुनै समय अहिलेका राजश्व सचिव कामगथ्र्ये ।
यहि सम्बन्धलाई भजाउन सफल भए शशिकान्त । घनिष्ट सम्बन्ध भएका कारण चिनी उद्योगी शशिकान्त अग्रवालले राजश्व सचिव संग पैसाको वार्गेनिङ र निती नियम आफु अनुकुल बनाउन सफल भए
नेपाल चिनी उत्पादक संघको नाममा अरु व्यवसायी संग पैसा संकलन गर्ने , कर्मचारी र नेता संग सेटीङ मिलाउने काम अग्रवालले गर्न थाले । अग्रवालले सन्सारकै भष्ट्र मानिएको नेपालको ब्युरो क्याटलाई किन्न सफल भए । फलस्वरुप यसको फाइदा केहि व्यवसायी र केही भष्ट्र सरकारी कर्मचारीलाई भयो ।
यसको असर सिंगो नेकपा र प्रधानमन्त्री माथीनै ३ करोड उपभोक्ताले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले ४ ÷ ५ जना व्यपारीको मात्र कुरा सुन्ने र स्वार्थ पुर्ती गर्ने की ३ करोड उपभोक्ताको भान्सा हेर्ने ?
FACEBOOK COMMENTS