![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च भए पनि आन्तरिक समस्याले गर्दा निर्यात हुन सकेको छैन ।
चिया उद्योगी, साना किसान, मजदुर र व्यवसायीका आ–आफ्नै समस्याका कारण नेपालमा मागअनुसार चिया उत्पादन हुन नसकेको सरोकारवालाले बताएका छन ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बुधबार राजधानी आयोजना गरेको टि टास्क फोर्स समितिको बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।
सरकारले चिया नीतिलाई समयअनुसार परिमार्जन गर्न नसक्दा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सहसंयोजक हेमराज ढकालले बताए ।
चियामा समस्या हुँदाहुँदै पनि प्रदेश नम्बर १ मा चियाको उत्पादन ९८ प्रतिशत हुने भएकाले चिया पकेट प्रदेशको रूपमा घोषणा गरी त्यही अनुसारको सुविधा दिनुपर्ने व्यवसायीको भनाइ छ ।
– कारोबार
FACEBOOK COMMENTS