अन्जनराज न्यौपाने
तनहुँ ७ फाल्गुण – जिल्ला स्थित ब्यासनगरपालिका-१० विपि भज्याङमा आफ्नै छोराले आफ्नो जन्म दिने बाबू लाई दाउराको खलियोमा राखेको चिर्पटले टाउकोमा प्रहार गरि हत्या गरेका छन्। चिर्पट प्रहारबाट मृत्यु हुनेमा ६६ बर्षिया बाबु दलबहादुर विक रहेका छन्। चिर्पट प्रहार गरि बाबुको हत्या गर्ने छोरा ३५ वर्षिय तिलबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका निरीक्षक शिवराज क्षेत्रीले बताए ।
प्यारालाइसिसले लामो समयदेखि थलिएका बाबु दलबहादुरलाई एक्कासी छोरा तिलबहादुरले चिर्पट प्रहार गरेपछि गम्भीर घाईते भएका उनलाई दमौली स्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारकालागि पोखरा स्थित शिक्षण अस्पतालमा लगिएकोमा बाटो मै विकको मृत्यु भएको थियोे । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान प्रक्रिया शुरुगरेको जनाएको छ।
FACEBOOK COMMENTS