काठमाडौं, २३ असार – चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारी बीच भेटवार्ता भएको छ । भेटका क्रममा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवा गढी नाकाका प्रक्रियागत जटिलताको सरलीकरण तथा सहजीकरण गर्न, आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गर्न पहल चाल्न राजदुत पाण्डेलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले चीनले ८००० भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको उल्लेख गर्नु हुँदै कतिपय मालवस्तुहरुमा सो प्रावधान पूरा गर्न कठिन भएकोले सो घटाउन पनि पहल गरिनुपर्ने बताए ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ती वस्तुहरु चिनिया बजारमा सहज तथा सरल तबरले प्रवेशको लागि पहल गरिदिन अनुरोध समेत गरे । साथै उनले यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न प्रयास गरिनुपर्ने औल्याए ।
अध्यक्ष श्रेष्ठले नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धि बनाउनुपर्ने तर्क पेश गरे
। सो अवसरमा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गरे ।
नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आफनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने बताए।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधर लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ReplyReply allForward |
FACEBOOK COMMENTS