काठमाडौं, माघ १९ – चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक÷ दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।
चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । तर फारम भरेकाहरूलाई कहिले नेपाल ल्याउने भन्ने अझै तय भएको छैन ।
चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९।०० बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १७५जनाले फारम भरेको बेइजिङस्थित दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए ।