काठमाडौं, माघ २३ – सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाडौंका चार ठाउँमा राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहानबाट ल्याइने नेपालीलाई चार ठाउँमा राख्न निर्देशन दिएका हुन् ।
चीनबाट ल्याइएकाहरूलाई काठमाडौंको शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने भएको हो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर यी चार ठाउँमा क्वारेन्टाइन व्यवस्थित गरी उनीहरुलाई राखिने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
त्यस्तै सरकारले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोरोनाभाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले पछिल्लो समय चीनमा मास्कको माग अत्याधिक छ।
FACEBOOK COMMENTS