काठमाडौं, ०१ कार्तिक – चीनले आफ्नो जियाक्शिन शहरमा आपत्कालीन स्थितीमा सिनोभ्याक कोरोना भ्याक्सीन बेच्न दिएको छ । भ्याक्सीनको मूल्य पनि निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि ६० डलरमा भ्याक्सीन बेचेको हो ।
रोग नियन्त्रण तथा रोकथामले सोसल मिडिया वीच्याटमा एक बयान दिँदै कोरोनाभ्याक नामक भ्याक्सीन २०० यूआनमा किन्न सकिने बताएको हो । तर यो भ्याक्सीनको तेश्रो चरणको ट्रायल चलिरहेको छ ।
कम्पनीले आपत्कालीन स्थितीका लागि मात्र यसको प्रयोग गर्न बताएको हो ।
FACEBOOK COMMENTS