काठमाडौं, फागुन १८ – चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत थप खोप दिने बताएकी हुन् ।
शुरुमा नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले अब थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
यस अनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।
FACEBOOK COMMENTS