काठमाडौं, कार्तिक १४ – चीनले सन् २०२७ सम्ममा आफ्नो पिपुल्स लिबरेसन आर्मी (पीएलए) लाई आधुनिक सैन्य बलमा रुपान्तरण गर्ने घोषणा गरेको छ ।
उसले बाहिरी मुलुकबाट आउन सक्ने दबाबलाई रोक्नका लागि सैन्य बलको क्षमता र आधुनिकीकरण गर्ने योजना अगाडि सारेको बताएको छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको एक वैठकले सो योजना अनुमोदन गरेको छ ।
बैठकले अहिले विश्वका ठूला मुलुकहरुले विश्वव्यापी समस्याको सामना गरिरहेको अवस्थामा त्यसको फाइदा उठाउनुपर्ने निष्कर्ष निकालेको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चीनले सो योजना पारित गरेको हो ।
FACEBOOK COMMENTS