काठमाडौं, साउन १५ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रा.लि.को संयुक्तआयोजनामा रक्तपरिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बुधबारदेखि आयोजना गरेको भएको २ दिने रक्त परिक्षणमा सहुलियत दरमा एचबिएसएजी–र्यापिड स्क्रीन टेष्ट, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरिक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गरिएको छ ।
परिक्षणको पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको रक्तपरिक्षण गरिएको हो । उक्त शिविर आज विहिबार १ बजेदेखि साढे ५ बजेसम्म सञ्चालन हुने भएको छ ।
FACEBOOK COMMENTS