काठमाडौं,चैत ५- कोरोना संक्रमणको क्रास फैलिएपछि सरकारले चैत्र मसान्तसम्म देशभरका सम्पूर्ण विद्यालय बन्दगर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको आज बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देशभरको बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वबिद्यालयहरुको पठनपाठन २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
तर सरकारले चैत्र ६ (विहीबार )गतेदेखि सुरु हुने एसईई परीक्षा भने हेल्थ डेस्क सहित सुरक्षित एवम ब्यबस्थित रुपमा गर्ने निर्णय गरेको हो
त्यस्तै सरकारले ५० भन्दा बढी मुलकबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
सरकारले युरोपका सबै देश, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापान बाट आउने यात्रु र ति देशलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई नेपाल आउन नदिने जनाएको हो । बैठकले २० मार्चदेखि १५ अप्रिलसम्म यात्रुलाई नेपाल आउन नदिने जनाएको हो।
FACEBOOK COMMENTS