काठमाडौं, वैशाख ६ – २०७७ सालको चैत महिनामा घरजग्गा कारोबारमा नर्या किर्तिमान बनेको छ । देशभरका १०८ वटा मालपोत कार्यालयबाट गत वर्षको चैत महिनामा ८७ हजार १८७ पटक घरजग्गा कारोबार भएको हो ।
यो, यही वर्षको अघिल्लो महिनाकोभन्दा १० हजार बढी हो । फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ७६ हजार ४९१ घरजग्गा कारोबार भएको थियो ।
चैत महिनामा देशभरका मालपोत कार्यालयहरुले २ लाख ५६ हजार ७५० सेवा प्रवाह गरेको मालपोत कार्यालयले बताएको छ । अनलाईन प्रणाली सुरु भएपछि देशभरका कारोबार गन्न सहज भएको हो ।
कार्यालयका अनुसार चैत महिनामा कुल ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो, फागुन महिनाको भन्दा एक अर्ब ५४ करोड रुपैयाँ बढी हो । फागुन महिनामा ७ अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन भएको थिएन ।
FACEBOOK COMMENTS