अन्जनराज न्यौपाने,
तनहुँ, २६ आश्विन- चोरी गरि विभिन्न अपराधमा संलग्न रहि फरार रहेका एक पुरुष ४ बर्षपछि तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका -७ बस्ने पुर्ण बहादुर बि.क. रहेका छन्। विकले पोखरा महानगरपालिका बिरौटा बस्ने दुर्गानाथ रेग्मीको घरमा २०७३ कार्तिक ६ गते राति दशै पर्वको समयममा घरमा कोही नभएको मौका पारी घरभित्र छिरी नगद रकम चोरी गरी फरार रहेका थिए। चोरीको अभियोग लागेका विक उपर कास्की जिल्ला अदालतले विक दोसी ठहर गरि २०७४ जेठमा १२ मा लाख ४हजार ८ सय ७७ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
विक जरिवाना भुक्तान नगरी हालसम्मपनि फरार रहेकाले उनलाई खोजी गर्ने क्रममा सोमबार दिउसो उनकै घरवाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले वताए ।
FACEBOOK COMMENTS