काठमाडौं, जेठ १८ – चौधरी ग्रुप(सिजी)ले इन्टरनेट सेवा सुरु गरेको छ। टेलिकम कम्पनीको लाइसेन्स नपाएको सिजीले अन्तत: ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो।
सिजीका एमडी समेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन्। द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन कम्पनि तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।
सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। जडान तथा तार पनि निशुल्क दिइने कम्पनीले जानकारी दिएको छ।
सिजीको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ।