![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– सामसङले जे सिरिजअन्तर्गतको ग्यालेक्सी जे–८ सार्वजनिक गरेको छ ।
एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको स्मार्टफोनमा ४५० को स्न्याप ड्रागन प्रोसेसर रहेको छ ।
३५०० एमएएचको ब्याट्री, चार जीबी र्याम र ६४ जीबीको रोम छ ।
जे–८ मा ६ इन्चको सुपर एमिलोड इन्फिनिटी डिस्प्ले तथा १६ र ५ मेगापिक्सलका दुई क्यामेरा रहेका छन् ।
निलो, कालो र गोल्डेन रंगमा रहेको जे.८ को बजार मूल्य रु. ३३ हजार ४९० तोकिएको छ ।
उक्त स्मार्टफोन फिंगर प्रिन्ट तथा फेस रिक्गनिसनको माध्यमबाट अनलक गर्न सकिन्छ ।
‘च्याट ओभर भिडियो’ समेत रहेको छ । जसले गर्दा भिडियो हेरिरहेको समयमा पनि च्याट गर्न सकिनेछ ।
FACEBOOK COMMENTS