काठमाडौं, फागुन १२- च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिख विजयी भएको छ ।
गएराति भएको खेलमा बार्यन म्युनिखले इटालियन क्लब लाजियोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बार्यनका लागि रोबर्ट लेवान्डोस्किले खेलको ९ मिनेटमा नै गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यस पछि खेलको २४ औँ मिनेटमा मुसिएला र ४२ मिनेटमा सानेले गोल गरे ।
यस्तै, लाजिओका एसिर्बीले ४७ औँ मिनेटमा आत्मघाती गोल गरे । यो सँगै बार्यन मुनिखले ४–१ गोलले जित निकाल्यो । लाजियोका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले सान्त्वना गोल गरे ।
FACEBOOK COMMENTS