काठमाडौं, ५ फागुन – राष्ट्रिय महिला लिग फुटबलको च्याम्पियन टोली एपीएफले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई कायम राखेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।
जितसँगै च्याम्पियन एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ ।
पराजित विराटनगर १६ अंकसहित तेस्रो स्थानमा छ । बुधबार भएको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपीएफले दुई खेल अगावै उपाधि रक्षा गरेको थियो ।
FACEBOOK COMMENTS