काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनौंट गरिएको छ।
निगम कार्यकारी निर्देशकको नियुक्तीका लागि गठित छनौंट तथा सिफारिस समितिले पाँच जनाको नाम छनौंट गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र पौडेल, लोकबहादुर खड्का, अनिलकुमार झा, रामप्रसाद धिताल र तारानाथ दाहाल छनौंट भएका छन्।
कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये शैक्षिक योग्यता,कार्यानुभव, व्यवसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौंट गरिएको मन्त्रालयले जनाएको छ।
विहिबार हुने प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम छनौंट गरेर मन्त्रीपरिषदमा पठाइनेछ। मन्त्रीपरिषद्ले कार्यकारी निर्देशक नियुक्ती गर्नेछ। पाँच जना छनौंट भएकामध्ये पौडेल र खड्का बलिया प्रतिस्पर्धी हुन्। स्रोतका अनुसार पौडेल उदयपुर सिमेन्टका महाप्रवन्धक हुन्। उनले उदयपुर सिमेन्टलाई सुधारेर नाफामा लगेको भन्दै प्रधानमन्त्री केपी ओलीले निगमको कार्यकारी निर्देशकमा ल्याउन चाहेका छन्।
स्रोतका अनुसार खड्का युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हुन्। उनी नेकपाका अध्यक्ष प्रचण्ड निकट छन्। पाँच भित्र परेका धिताल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन्। झा जनक शिक्षा र उदयपुर सिमेन्टका पूर्व महाप्रवन्धक हुन् भने दाहाल इन्जिनियर हुन्।
FACEBOOK COMMENTS