अन्जनराज न्यौपाने
तनहुँ, ६ चैत्र – तनहुँ ब्यास -१ भादगाउँ स्थित छाब्दिमार्गको सडक मर्मत सुधारका लागि थप २ करोड बजेट विनियोजन भएको छ । उक्त बजेट भौतिक योजना तथा पुर्वाधार मन्त्रालय काठमाडौबाट विनियोजन भएको हो । तनहुँको प्रसिद्ध छाब्दीबाराही मन्दिर जिल्लाको सदरमुकाम दमौलीबाट ७ किलोमिटर पूर्वमा पर्दछ।
प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठको पहलमा उक्त मार्गको जिरोबाट लिचिघारीको पहरासम्म १३सय मिटर मर्मत कार्यका लागि रु २ करोडको टेण्डर आब्हान भै निर्माण प्रक्रिया शुरु गरिने छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले बताए ।
यसैगरी कुल २५ लाखको लागतमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको पहलमा ब्यास १ भट्ट बेशी अन्तरगतको सुन्दर मार्ग पक्की नाला पिच सहितको काम तिब्र गतिमा भएको सोही मार्ग अनुगमन समितिका सदस्य सुर्यबहादुर केसीले जानकारी दिए।
FACEBOOK COMMENTS