काठमाडौं, १७ मंसिर – स्विडेनको प्रहरीले आफ्नै छोरालाई तीन दशकसम्म बन्दी बनाएर राखेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । स्विडेनको स्टकहोमस्थित एउटा घरबाट प्रहरीले तीन दशकदेखि आफ्नै आमाले बन्धक बनाएर राखिएको भनिएका ती व्यक्तिलाई प्रहरी उद्धार गरेको छ ।
अहिले ४० वर्षका जस्ता देखिने ती व्यक्तिलाई प्रहरीले चोटग्रस्त र फोहोर ठाउँमा बसिरहेको अवस्थाबाट उद्धार गरेको हो । यद्यपि, उनकी आमाले भने छोरालाई बन्धक नबनाएको र उसलाई कुनै चोट पु¥याउने काम नगरेको बताएकी छिन् ।
छिमेकीहरूले ती महिलाको छोरा छन् भन्ने कुरासमेत जानकारी पाएका थिएनन् । छिमेकीले समेत यही आइतबार मात्रै ती महिलाको छोरासमेत रहेको पत्तो पाएका थिए । महिला बिरामी भएर अस्पताल भर्ना भएकी थिइन् । उनकै सहयोगका लागि छिमेकीहरू घरमा जाँदा मात्रै छोराबारे जानकारी पाएका थिए ।
उद्धारपश्चात् ती व्यक्तिलाई पनि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धानका लागि ती महिलाको घरलाई ‘सिल’ गरेको छ । प्रहरीले उनीहरूको सम्बन्धबारे जानकारी राख्ने व्यक्तिको समेत खोजी गरिने जनाएको छ ।
अहिले ७० वर्ष पुगेकी ती महिलालाई अनुसन्धानकै लागि प्रहरी हिरासतमा लिएको हो । अनुसन्धानको क्रममा यदि ती महिलाले छोरालाई बन्दक बनाएको पुष्टि भए उनीमाथि १० वर्षसम्मको जेल सजाय हुन सक्छ ।
FACEBOOK COMMENTS