काठमाडौं – जग्गाको कित्ताकाट विषयको कार्यविधि तिहार अगावै पारित गर्ने तयारी भैरहेको छ ।
कार्यविधिको विषयमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले विभिन्न विज्ञ तथा जानकारहरुसँग परामर्श गरिरहेकी छिन् ।
मन्त्रालयले जग्गाको कित्ताकाट विषयको कार्यविधिलाई नियमावली नै बनाएर कानुनी रुप दिन लागेको हो । यसका लागि मन्त्रालयले कार्यविधिलाई मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित कार्यविधिले कानूनी रुप लिनेछ ।
मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको मन्त्रालयले जनाएको छ ।
कित्ताकाट रोकिदाँ उद्योगी व्यवसायी मात्र नभएर हरेक जनता समस्यामा परेको घर जग्गा व्यवसायी ले बताएका छन् ।
जग्गाको कित्ताकाट नखुल्दा जग्गा व्यवसायीहरु भने समस्यामा परेका छन् । सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो ।
FACEBOOK COMMENTS