काठमाडौँ– जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको छ।
पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करिब चार गुणा बढी प्रतिबद्धता जनाएका हुन्।
प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन हालेका थिए। दुई लाख ५४ हजार २६ आबेदकले प्रतिबद्धता जनाएका छन्।
कुल ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि खुला गरिएको थियो।
कम्पनीले सर्ब साधारणबाट प्रति कित्ता १० रुपैयाँका दरले रकम माग गरेको छ। बाँक ९० रुपैयाँ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि सर्बसाधारणले भुक्तानी गर्नु पर्नेछ।
FACEBOOK COMMENTS