काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
सूचना प्रविधिमार्फत सहज र सुलभ रुपमा आमनागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले यो सुविधा संचालनमा ल्याएको हो ।
जनता बैंकको बेभ साइट www.janatabank.com.np मा लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवाप्राप्त गर्न सक्ने विश्वास लिइएको छ ।
यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ ।
अनलाइनबाट खाताखोले पश्चातग्राहकको खाता नं. र आवश्यकजानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।
यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्तगर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागिएक पटक ग्राहकले सम्बन्धितशाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।
FACEBOOK COMMENTS