काठमाडौं, असोज १५ – महोत्तरीको भंगहा नगरपालिका ९ का वडा सचिव जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । अत्यधिक मदिरा सेवन गरेर गाउँकै दलित महिलालाई करणी गरेको आरोप लागेका वडा सचिव मिथिलेश यादवलाई प्रहरीले पक्रेको हो ।
प्रहरी उपरीक्षण टीकाबहादुर केसीले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका यादवका बारेमा अनुसन्धान चलिरहेको जानकारी दिए ।
गाउँकै एक महिलालाई बुधबार बेलुकी यादवले जबरजस्ती करणी गरेको आरोप लागेको छ। यादवले मदिरा सेवन गरेकाले आफूलाई जानकारी नभएको बताएका छन् ।
महिलाको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ ।
FACEBOOK COMMENTS