![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले परीक्षण सुरु गरेको हो।
ब्रोड गेज रेलमार्ग विछ्याउने काम करिव अन्तिम अवस्थामा पुगेको छ ।
बुधबार जयनगरदेखिखजुरी करिव ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए।
उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भैरहेको छ। यसपछि बाँकी सबै खण्डको परीक्षण गरिने रेल विभागले जनाएको छ।
जनकपुर–जयनगर ३५ किलोमिटर लामो रेलमार्ग आगामी पुसबाट सञ्चालन गर्ने रेल विभागको तयारी छ। यसका लागि भारतबाट चालक र व्रोडगेज रेल भाडामा लिएर सञ्चालन गर्ने गरी तयारी भैरहेको रेल विभागले जनाएको छ।
भारतमा ब्रोड गेज रेल सञ्चालनमा रहेको र अहिले निर्माणाधीन रेलमार्ग पनि ब्रोड गेज नै भएकाले भारतीय रेल भाडामा लिएर सञ्चालन गर्न लागिएको छ। भारतको १० अर्ब रुपैयाँ सहयोगमा यो खण्डको रेलमार्ग निर्मांण भैरहेको छ।
१० वटा डब्बा तान्ने इन्जिन सहितको रेल लिजमा लिन लागिएको विभागले जनाएको छ।
FACEBOOK COMMENTS