काठमाडौं, चैत ४ – अमेरिकाको जर्जियाका विभिन्न तीन मसाज स्पामा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार मंगलवार भएको उक्त घटनामा परी ज्यान गुमाउनेहरुमा ६ जना एसियाली मुलका भएको बताइएको छ। घटनामा परी केही व्यक्तिहरु पनि घाइते भएका छन्।
घटनामा २१ वर्षीय रोबर्ट एरन लङको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्। रोबर्टलाई प्रहरीले पक्राउ गरिसकेको छ। मंगलवार दिउँसो ४ : ५० बजे उनले २ एसियाली महिलामाथि गोली प्रहार गरेका थिए। त्यसको एक घण्टापछि उनले थप ४ एसियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ। न्युयोर्क डेली न्युजका अनुसार ३ जना एट्लान्टा नजिकैको गोल्ड स्पामा मारिएका थिए भने चार जना एरोमाथेरापीमा मारिएका हुन्।
FACEBOOK COMMENTS