काठमाडौं, जेठ १७ – ललितपुरस्थित जावलाखेल भलिवल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागू औषध सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले लाई बताइन् ।
पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अमृता र परदु लागु औषध प्रयोगकर्ता हुन् । अनुपकोमा किन्न गएको बेला प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । अनुपको कोठाबाट प्रहरीले लागु औषध तौलने डिजीटल तराजु, प्लाष्टिकका प्याकेट र तिन वटा मिलाएर प्रयोग गरिने लागु पर्दा पनि बरामद गरेको छ ।
FACEBOOK COMMENTS