काठमाडौं, चैत २०- कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले लागु गरेको लकडाउनका कारण मारमा परेका श्रमिक तथा विपन्न बर्गलाई विभिन्न जिल्लाका चेम्बर अफ कमसले नगद तथा खाद्यन्न हस्तान्तरण गरेको छ ।
डडेलधुरा चेम्बर अफ कमसले दैनिक गुजारा गर्न नसकेर अभावमा परेका परिवारलाई चामल वितरण गरिएको छ । त्यसै गरी ललितपुर चेम्बर अफ कमर्सले पाटन अस्पताललाई एकदर्जन पिपिई सेट प्रदान गरेको छ ।
त्यस्तै यो संकटको समयमा रगतको कमीले कसैको ज्यान नजाओस् भन्ने हेतुले भक्तपुर चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोनाको कारणले गर्दा यसले हरेक व्यक्तिको बीचमा ३÷३ फिटको दुरी बनाएर रक्तदान कार्यक्रम गरेको छ ।
FACEBOOK COMMENTS