काठमाडौं, चैत २४ – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को रोकथामका लागि सरकारले चैत ११ गते देखि बैशाख ३ गते सम्मका लागि देशभरी लकडाउनको घोषणा गरेको छ । यो समयमा जिल्ला तथा नगर चेम्बर अफ कमर्सद्धारा खाद्यन्न तथा स्वास्थ्य सामग्रीको आवश्यकता रहेका व्यक्तिहरुलाई राहत वितरण कार्यहरु गरिरहेका छन् ।
आज धादिङ चेम्बर अफ कमर्सले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । भने चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका संचालक युवा नेता महादेव पोखरेलले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु ५५ हजार ५ सय ५५ हस्तान्तरण गरेका छन् ।
त्यसै गरी चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरिएको छ । भने तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मजदुरलाई माक्स वितरण गरिएको छ ।
गल्याङ चेम्बर अफ कमर्सद्धारा गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरेको छ । भने हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकार्यमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारेन्टाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ ।
यसै गरी काभ्रे चेम्बर अफ कमर्सले माक्स, सेनिटाइर र पञ्जा वितरण गरेको छ ।
FACEBOOK COMMENTS