काठमाडौं, जीवन विकास लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । आइतबारसम्म १५ लाख १२ हजार ३९४ जना आवेदकले २ अर्ब ३० करोड ५४ लाख ३६ हजार रुपैयाँको २ करोड ३० लाख ५४ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर ९आईपीओ० शुक्रबारबाट निष्काशन भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ ।
१८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिँदा सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । लगानिकर्ताले आज ९शुुक्रबार० देखि छिटोमा असार १५ गते र त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ
FACEBOOK COMMENTS