![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ — उखु किसानलाई सरकारले प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस रकम दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको पछिल्लो निर्णयअनुसार जेठ १६ देखि लागू हुने गरी किसानले ६० रुपैयाँ अनुदान पाउनेछन ।
गएको जेठमा सार्वजनिक भएको चालु आर्थिक वर्षको बजेटले चिनी उद्योगीलाई दिइएको मूल्य अभिवृद्धिकर फिर्ता लिने (भ्याट) घोषणा गरेको थियो ।
बजेट सार्वजनिक भएलगत्तै चिनी उद्योगीले जेठ १६ देखि नै उखुको मूल्य घटाएका थिए ।
उनीहरूले आफूले भ्याट फिर्ता नपाएको भन्दै उखुको भाउ घटाएका थिए ।
सरकारले गत वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धाारण गरेको थियो ।
सरकारले दिने अनुदान किसानसम्म पुर्याउने संयन्त्र पनि बनेको छैन ।
सरकारले दरिलो संयन्त्र र अनुगमनको व्यवस्था गर्नुपर्ने किसान बताउँछन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS