कपिलवस्तु,वैशाख २९ – कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला ‘सिल’ गरिने भएको छ । संक्रमितको संख्या बढेसँगै जोखिम न्यूनिकरणका लागि आज साँझ ५ बजेदेखि जिल्ला ‘सिल’ गरिने भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि आउँदो जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमण पुष्टि भएको छ भने २०० जना बढीको स्वाब परीक्षण गरिदैंछ । सोमबारमात्रै यशोधरा गाउँपालिकामा आठजना र बुद्धभूमि नगरपालिकामा दुई गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि, मायादेवी गाउँपालिकामा चारजना र शुद्धोधन गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका थिए ।
FACEBOOK COMMENTS