मदन तिमल्सेना/तनहुँ -जेसिअाइ ब्यास नगरले व्यास १० मा राहत वितरण गरेको छ । जेसिअाइ ब्यास नगरका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षयतामा शनिबार व्यास १० मा ४५ घरलाई ९० हजार बराबरको राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रम व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्योपानेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले राहत वितरणबाट नगरबासीलाई दैनिक जीवनयापन गर्न सहज हुने धारणा राख्दै जेसिअाइलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा व्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा , वडा सदस्य लक्ष्मी परियार, जेसिई ब्यास नगरपालिकाका पुर्व अध्यक्षहरु बलराम वाग्ले, सुरेश पुरी ,माधव न्याैपाने , जेसिअाइका नगर सदस्य उपस्थित रहेको थियो। राहत कार्यक्रम ल्याएकोमा राहत लिन अाउने मन बहादुर दरैले निकै खुशि लागेको बताए । खाने कुराहरु अभाव भएको बेलामा नेपाल सरकारले यस्तो राहतको कार्यक्रम ल्याएको र अझ जेसिअाइ व्यास नगरले दैनिक जिवनयापन गर्न गाह्रो भएको बेलामा गाउघरसम्म पुगेर यस्तो राहत वितरण गरेर पुण्यको काम गरेको भन्दै सर्हाना समेत गरे । राहत स्वरुप चामल १ बोरा , दाल २ के जि , १ के. जि. नुन , २ पोका सोबिन , साबुन ३ वटा , तेल २ पोका राहत वितरण गरिएको थियो ।
FACEBOOK COMMENTS