काठमाण्डौँ —जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकोे सेयरमा बाँडफाँड नभएको बाँकी सेयर सहित प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार ४ सय ७० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन बन्द छिटोमा मंसिर १९ गते र ढिलोमा पुस १६ गते हुने छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ताका लागि आवे दन दिन सक्ने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि(आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।
FACEBOOK COMMENTS