अन्जनराज न्यौपाने,
तनहुँ, २८ आश्विन – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक ब्यक्ति २९ बर्ष पछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला स्थित घिरिङ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३८ का जोग बहादुर श्रेष्ठ रहेका छन्।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिने क्रममा श्रेष्ठ पक्राउ परेका हुन ।
घिरिङ्गका स्थानिय दुई समुहबिच झगडा हुदाँ सोही स्थान निवासी स्थानीय बाबुलाल थापा मगरको बुबालाई कुटपिट गरि मृत्यु भए पश्चात फरार रहेका श्रेष्ठ उपर तनहुँ जिल्ला अदालतले २०४८ फाल्गुण १९ गते निज उपर कैद सजाय हुने गरी फैसला तोकेकोमा तोकिएको कैद मध्ये ९ बर्ष ६ महिना १६ दिन कैद भुक्तान नगरी श्रेष्ठ फरार भएका थिए ।
फरार रहेका जोग बहादुर श्रेष्ठको खोजतलास गर्ने क्रममा प्रहरीले मंगलबार दिउसो उनकै घरबाट पक्राउ गरेको छ। श्रेष्ठलाई तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
FACEBOOK COMMENTS