काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाको कहरकाबीच बीमा शुल्क, जीवन बीमा कोष र नाफा बढाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको बीमांकीय मूल्यांकन अघिको विवरण अनुसार नाफा १२ करोड ५२ लाख रुपैयाँ छ । यस्तो नाफा आव २०७५।७६ मा १२ करोड ४६ लाख रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोष पनि एक अर्ब ९७ करोड रुपैयाँको भएको छ । अघिल्लो आवको अन्तिममा त्यस्तो कोषमा जम्मा ७२ करोड रुपैयाँ मात्रै थियो । ज्योति लाइफले गत आर्थिक वर्षमा एक अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । त्यस्तो बीमा शुल्क आव २०७५।७६ मा एक अर्ब २ करोड रुपैयाँ मात्रै थियो । अर्थात ज्योति लाइफले ८६ प्रतिशतका दरले प्रिमियम वृद्धि गरेको हो ।
कम्पनीले हालसम्म ५० हजार ५ सय ३५ वटा बीमा लेख जारी गरिसकेको छ । ज्योतिले प्रति हजार ४०–७० रुपैयाँसम्म बोनस दर तोकेको छ । ज्योतिको प्रति सेयर आम्दानी ८.१३ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२८.८३ रुपैयाँ रहेको छ । एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चालु आर्थिक वर्षभित्रै आइपीओ जारी गर्दैछ ।
FACEBOOK COMMENTS