काठमाण्डौं – ज्योति विकास बैंक लि. ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष श्री कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गरेको छ ।
बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।
FACEBOOK COMMENTS