काठमाडौं, असोज ८ – झापामा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–७ का राजु मर्डीका दुई वर्षीय छोरा जीवन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी बुधबार राति ९ बजेबाट हराइरहेका थिए । बिहीबार बिहान घर नजिकैको रेखा खोलामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
लगातारको वर्षाका कारण बढेको खोलाले उनलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
FACEBOOK COMMENTS