काठमाडौं, जेठ १- बुधबार कोरोना संक्रमण पुष्टि भएकी ६ वर्षीया बालिका काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत रहेको पाइएको छ ।
उनी कपिलवस्तुकी रहेको र ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएको अस्पतालले जनाएको छ । ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनलाई नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।
उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । अस्पतालले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।
FACEBOOK COMMENTS