काठमाडौं, पुस २० – स्टिलका सामग्री उत्पादन गर्ने उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तरगत उद्योग आफैंले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच शुक्रबार हस्तान्तरण गरिएको हो ।
समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिँदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई वेड हस्तान्तरण गरिएको बताए ।
उनले भने– ‘हामिले विशुद्ध नेपाली उद्योगको रुपमा स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युपमेन्ट उत्पादन गर्न सफल भएका छौं र अस्पताललाई स्वदेशमै निर्मित वेड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।’
त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले पोदरेजले अस्पतालको लागि वेड उपलब्ध गराएको खुसी व्यक्त गर्दै उद्योगको सफलताको कामना गरे । डा. काफ्लेले आगामी दिनमा अस्पतालको आवश्यकता अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै पोदरेजसँग वेडलगायतका सामग्रीहरु खरिदमा सहकार्य गरिने बताए ।
पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले नेपाल शाही संगठन नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा विद्यालय बनाउन, दुरदराजका बस्तिमा खानेपानीको व्यवस्थापन गर्न सहयोग समेत पुर्याउँदै आएको छ ।
FACEBOOK COMMENTS