काठमाडौं, जेठ २ – अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराइज फाउन्डेसन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले
अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराइज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बबताइन् । ८०/९० हजार मुल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको अध्यक्ष अवालको भनाइ छ ।
FACEBOOK COMMENTS